काठमाण्डाै / अखिल नेपाल फुटबल संघ एन्फाले चैत्र १२ गतेसम्मका लागि शहीद स्मारक बी डिभिजन लिग स्थगित गरेको छ।

विश्वव्यापी रुपमा कोरोनाको त्रास बढिरहेका बेला नेपालमा पनि यसको संक्रमण आउनसक्ने भन्दै राष्ट्रिय खेलकुद परिषदले बी डिभिजन लिग बन्द गर्न निर्देशन दिए पनि एन्फाले चैत्र १२ गतेसम्मका लागि स्थगित गरेको हो।

यसका साथै एन्फाले आयोजना गर्ने सबै गोष्ठी, सभा सेमिनार तथा अन्य फुटबल लगायतका कार्यक्रमहरु तथा एन्फा टेक्निकल सेन्टर धरान, बुटवल लगायत सातदोबाटो एकेडेमीहरु र एन्फा सचिवालय पनि चैत्र १२ गतेसम्म बन्द गरेको छ।

यसका साथै यसअघि यही २६ गते तोकिएको एन्फाको वार्षिक साधारण सभा पनि अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको छ। साधारण सभामा कोरोना भाइरसका कारण फिफा र एएफसीबाट प्रतिनिधि आउन असमर्थ भएपछि एन्फाले साधारण सभा स्थगित गरेको हो।