जनकपुरधाम / प्रदेश नम्बर २ को नाम ‘मिथिला भोजपुरा’ राख्ने नेपाली कांग्रेसको प्रस्ताव अस्वीकृत भएको छ। प्रदेशसभाको प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेशको नाम मिथिला भोजपुरा राख्ने प्रस्ताव गरेकोमा प्रस्तावको पक्षमा २८मत मात्रै खसेपछि प्रस्ताव अस्विकृत भएको हो।

कांग्रेसको प्रस्तावको विपक्षमा ७९मत खसेको छ। प्रदेशसभामा रहेका कूल सदस्यसंख्याको दुईतिहाई बहुमतले मात्रै प्रदेशको स्थायी राजधानी र नाम तोक्ने संवैधानिक व्यवस्था छ। प्रदेश नम्बर २ को प्रदेशसभामा कूल सदस्यसंख्या १ सय ७ मध्ये दुईतिहाई बहुमत जुटाउनका लागि ७२ मत चाहिन्छ।

प्रदेश २को प्रदेशसभामा नेपाली कांग्रेसका १९ जना मात्रै सांसद छन्। नेकपाका ३२जना, सत्तारुढ दल समाजवादीका ३०जना, सत्ता साझेदार राजपाका २५ जना र संघीय समाजबादीका १जना सांसद छन।