जनकपुरधाम / प्रदेश नम्बर २ को नाम ‘जानकी’ राख्ने प्रस्ताव अस्वीकृत भएको छ। नेकपाको प्रस्तावको पक्षमा ३७ मत मात्रै खसेको छ भने प्रस्तावको विपक्षमा ७० मत खसेपछि नेकपाको प्रस्ताव अस्विकृत भएको हो। 

प्रदेशसभामा रहेका कूल सदस्यसंख्याको दुईतिहाई बहुमतले मात्रै प्रदेशको स्थायी राजधानी र नाम तोक्ने संवैधानिक व्यवस्था छ। प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेशको नाम जानकी राख्ने प्रस्ताव गरेको थियो। तर, नेकपाको प्रस्तावको पक्षमा ३७ मत मात्रै खसेको छ। नेकपाको प्रस्तावको विपक्षमा ७० मत खसेको छ।

प्रदेश नम्बर २ को प्रदेशसभामा कूल सदस्यसंख्या १ सय ७ मध्ये दुईतिहाई बहुमत जुटाउनका लागि ७२ मत चाहिन्छ। प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपाका ३२ सांसद छन्। यस्तै, सत्तारुढ दल समाजवादीको ३०, नेपाली कांग्रेसको २९, सत्ता साझेदार राजपाको २५ र संघीय समाजदावीको १ सिट रहेको छ।