बाँके / बाँकेमा १९ वर्षीय किशोरीलाई घर पुर्‍याइ दिने बहानामा बलात्कार गर्ने चित्रबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ। पिडित किशोरीको उजुरीपछी कोहलपुर नगरपालिका २ आनन्दनगर बस्ने २८ वर्षीय थापालाई गएराती प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार थापाले ती किशोरीलाई घरसम्म पुर्‍याईदिन्छु भन्दै भे।१ च २२९७ नम्बरको भ्यानमा राखी बैजनाथ गाउँपालिका ४ गाबरस्थित होमस्टेमा लगी बलात्कार गरेका थिए। पक्राउ परेका थापामाथि आवश्यक कारवाहीको लागि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।