एजेन्सी / के तपाईंलाई बिरालो देख्दा डर लाग्दछ रु सायद डर लाग्दैन होला। तर यदि तपाई‌ंले यो बिरालोको तस्वीर मात्र पनि देख्नुभयो भने अवश्य डराउनु हुनेछ। नडराउने पनि कसरी ? आखिर यो विश्वकै सबैभन्दा डरलाग्दो बिरालो न पर्‍यो।

सो बिरालोको नाम Xherdan हो। स्विजरल्याण्डको रुटी भन्ने ठाउँमा रहेको यो बिरालोको उमेर ६ वर्षको छ। यो बिरालोको शरीरमा एउटा पनि रौँ छैन। र, यो बिरालो एउटा दुर्लभ रोगबाट पीडित छ। यो बिरालोको शरीरको छालामा अनगिन्ती मुज्जा परेका छन् जसका कारण बिरालोको सरीर निकै भयानक र कुरुप देखिन्छ।

सान्ड्रा फिलिप नामकी महिलाले उक्त बिरालो पालेकी हुन्। ४७ वर्षकी सान्ड्राका अनुसार उनले त्यो भयानक बिरालो विश्वकै सबैभन्दा सुन्दर बिरालो हो अरे। तर अरु मानिसहरुले चाहीँ यसलाई एलियनको नामले पनि बोलाउँदछन्। जुन सुन्दा उनलाई निकै रिस उठ्दछ।

यो बिरालो इन्स्टाग्राममा निकै लोकप्रिय छ। उसका २२ हजार भन्दा धेरै फलोअर्स रहेका छन्।