काठमाण्डाै / कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न सार्क देशले 'कोभिड–१९' आपत्कालीन कोष बनाउने भएका छन्।

आइतबार भएको संयुक्त भिडियाे कन्फ्रेन्समा भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले कोभिड–१९ आपत्कालीन कोष बनाउन प्रस्ताव गर्नुभएको हो। उहाँले कोषमा भारतले सुरुमा १० मिलियन अमेरिकी डलर जम्मा गर्ने घोषणा गर्नुभयो।

यो कोषमा सार्क देशले रकम जम्मा गर्न सक्ने र यो रकम कोरोनाको रोकथाम, उपचार र अनुसन्धानमा खर्च हुने मोदीले बताउनुभयो। उहाँले कोरोनासँग लड्न भारतले र्‍यापिड रेस्पोन्स टिम बनाएको र आवश्यक परेमा अरु देशलाई पनि अनलाइन ट्रेनिङ दिइने बताउनुभयो। 

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे प्रस्तावमा प्रतिबद्धता जनाउनुभएकाे छ।