काठमाण्डौ / आगामी चैत ६ गतेबाट हुने तय भएको यस वर्षको एसईई परीक्षा सर्नसक्ने स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जानकारी गराउनुभएको छ।

उहाँले कोरोना भाइरसको जोखिमका कारण एसईई परीक्षा सर्नसक्ने राष्ट्रियसभामा आइतबार जानकारी गराउनुभएको हो।

राष्ट्रिय सभामा स्वास्थ्यमन्त्री ढकालले दुईतीन दिन महामारीको अवस्था हेरेर नयाँ तालिका बनाउने नबनाउने टुंगो लाग्ने बताउनुभयो।