भाउजुको हत्या गरेको आरोपमा दुईजना देवर पक्राउ

  • पूर्वीखबर डेस्क
  • प्रकाशित मिति: चैत्र २, २०७६

पाँचथर / आफ्नै भाउजुको हत्या गरेको आरोपमा तेह्रथुम आठराई गाउँपालिका ४, ईवा तीनसल्लेमा दुईजना देवर पक्राउ परेका छन्। २८ वर्षीया बिन्दा पुरीको हत्या गरेको आरोपमा देवरहरु सुरेन्द्र पुरी र बालकृष्ण पुरीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।

बिन्दाका १० वर्ष र १५ महिनाका दुईजना छोरा छन्। दाइले पठाएको पैसा खर्च गर्न नपाएको भन्दै उनीहरुले भाउजुको हत्या गरेको बुझिएको छ।

ईलाका प्रहरी कार्यालय स‌क्रान्तिका प्रहरी निरीक्षक शेशकराम थान्दारले झापाबाट राति गाडी रिजर्भ गरी उनीहरु तेह्रथुम गएको भाउजुको हत्यापछि उनीहरु झापा नै फर्किएको बताउनुभयो। विन्दाको श्रीमान् वैदेशिक रोजगारीको लागि दुबईमा छन्।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2021 - Purbikhabar.com All rights reserved