काठमाण्डौ / संसदको सार्वजनिक लेखा समितिको बैठकमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका पूर्वमन्त्री गोकुल बाँस्कोटामाथि अख्तियारले छानविन गर्नुपर्ने सांसदहरुले आवाज उठाएका छन्।

शुक्रबार बसेको समितिको बैठकमा सांसदहरुले पूर्वसञ्चारमन्त्री बाँस्कोटाले राजीनामा दिएर मात्रै नहुने धरणा राख्दै सत्यतथ्य छानविन गर्न आख्तियारलाई जिम्मा दिनु पर्ने माग गरेका हुन्।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा पूर्वमन्त्री बाँस्कोटाले ७० करोडको कमिसन डिल गरेको अडियो सार्वजनिक भएपछि तत्काल राजीनामा दिएका थिए। त्यस्तै सांसदहरुले प्रेस खरिद सम्बन्धि टेण्डरमा अपनाइएको ‘जीटुजी’ प्रकृया नै गलत रहेको भन्दै सो प्रकृया समेत बदल्नुपर्ने धारणा राखेका छन्।