गोरखा / गोरखा जिल्लामा जवरजस्ती करणीको आरोपमा ७७ वर्षीय वृद्धलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। बारपाक सुलिकोट गाउँपालिका ५ जफतीका देबीबहादुर भट्टलाई पक्राउ गरिएको एसपी ओमप्रसाद अधिकारीले बताउनुभयो।

१२ वर्षीया बालिकालाई जवरजस्ती करणी प्रयास गरेको आरोपमा उनलाई पक्राउ गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ललाईफकाई भट्टले विद्यालयबाट फर्कँदै गरेकी बालिकालाई जवरजस्ती करणी गरेको आरोप पीडित बालिकाको परिवारले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ।