एजेन्सी / इटालियन क्लब युभेन्टसका अर्का खेलाडी पाउलो डेबालालाई पनि कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएको छ। इटालियन मिडिया ‘एल नेशनल’का अनुसार युभेन्टसका स्ट्राइकर डेबालाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको छ।

खबरका अनुसार हाल डेबाला क्वारेन्टिाइनमा छन्। युभेन्टसका १ सय २१ सदस्य हाल आइसोलेनमा रहेको जनाइएको छ।

यसअघि युभेन्टसका डिफेन्डर डेनियल रुगानीलाई कोरोना भाइरसको संक्रमण भएको थियो। बुधबार राति गरिएको परीक्षणमा २५ वर्षीय डिफेन्डर रुगानीमा कोरोना भाइरसको संक्रमण देखिएको युभेन्टसले स्पष्ट पारिसकेको छ।

इटालीका खेलाडी रुगानी केही दिन अगाडि भएको इन्टर मिलानविरुद्धको खेलमा पनि बेन्चमा बसेका थिए। दर्शकबिनाको बन्द रंगशालामा भएको खेलमा रुगानी लगायतका खेलाडी एउटै ड्रेसिङ रुममा रहेका थिए।

युभेन्टसका खेलाडी मिरालेम पिजानिकले इन्स्टाग्राममा पोस्ट गरेको तस्बिरमा रुगानी र रोनाल्डोलगायतका खेलाडीहरू एकआपमा अंकमाल गरिरहेका देखिन्छन्।