काठमाण्डौ / प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षित रूपमा सुधार हुँदै गएको छ। त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षित सुधार हुँदै गएको प्रत्यारोपणमा संलग्न चिकित्सकले बताएका छन्।

प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणका नतिजा सामान्य र सुधारोन्मुख रहेको अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेम कृष्ण खड्गाले जानकारी दिनुभयो। प्रधानमन्त्रीको भाइटल तथा ल्याब सूचक राम्रो अवस्थामा रहेको अस्पतालले जनाएको छ। प्रधानमन्त्री ओलीले खाना समेत खान थालिसक्नुभएको छ।

उहाँले आईसीयूमै नियमित व्यायाम गर्दै आउनुभ्एको छ। यही अवस्था रही रहे र स्वास्थ्यमा कुनै उतारचढाव नआए प्रधानमन्त्री ओलीलाई शुक्रवार साँझसम्म डिस्चार्ज गर्न सकिने अस्पताल स्रोतले जनाएको छ।

- आजको राजधानी दैनिकमा खबर छ।