काठमाण्डौ / आर्सनलका म्यानेजर (प्रबन्धक) माइकल आर्टेटालाई कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। 

म्यानेजर आर्टेटालाई भाइरसको सङ्क्रमण देखिएपछि आर्सनल र ब्राइटनबीच शनिबार हुने तय भएको खेल स्थगित भएको छ। क्लबले तत्काल प्रशिक्षण रोकेर आर्टेटासँगै रहेका खेलाडी र कर्मचारीहरुलाई निगरानीमा राखेको छ।

यसैबीच प्रिमियर लिगले शुक्रबार आपतकालिन क्लब बैठक बोलाएको छ। यो बैठकले प्रिमियर लिग स्थगन गर्ने विषयमा निर्णय गर्नेछ।

‘यो वास्तवमै निराशाजनक छ’, ३७ वर्षीय आर्टेटाले भने। 

‘खराब महसुस गरिसकेपछि मैले परीक्षण गराएको हुँ। म अनुमति पाउने बित्तिकै काममा फर्कन्छु’, उनको भनाइ छ।