काठमाण्डाै / युरोपेली फुटबल महासङ्घ (यूईएफए) ले आसन्न युरो कप २०२० को खेल तालिका सार्ने भएको छ।

काेभिड–१९ (काेराेना भाइरस) काे त्रास बढेसँगै च्याम्पियन्स लिगअन्तर्गत रियल मड्रिड र म्यानचेस्टर सिटीको खेल स्थगित गरिएको छ।

च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गत म्यानचेस्टर सिटी र रियल मड्रिडबीच हुने दोस्रो लेग खेल स्थगित भएको हाे। पहिलो लेगमा सिटी रियलविरुद्ध दुई-एकले अघि छ।

पछिल्लो पटक कोरोनाका कारण रियलका खेलाडी क्वारेन्टाइनमा राखिएकाले यो खेल स्थगित गरिएको हो। मार्च १७ तारिखमा हुने भनिएको यो खेल अर्को सूचना नआउँदासम्मका लागि स्थगित भएको हो।

यस्तै युभेन्ट्स र लियोनबीचको दोस्रो लेग खेल पनि काेराेनाका कारण स्थगित भएको छ। दोस्रो लेगकाे खेल मार्च १७ मा युभेन्ट्सको मैदानमा हुने तय भएकाे थियाे। पहिलो लेगमा युभेन्ट्स एक-शून्यले पछि रहेको छ।