काठमाण्डौ / बेलायतकी स्वास्थ्य मन्त्री तथा कन्जर्भेटिभ पार्टीकी सांसद नदिन डोरीजले आफूमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएको बताएकी छिन्। 

डोरीज, कोरोना भाइरसबाट सङ्क्रमित हुने पहिलो संसद् सदस्य हुन्। आफूमा कोरोनाको सङ्क्रमण देखिएपछि स्वास्थ्यमा ध्यान दिएको र घरमै आइसोलेशनमा जसरी बसेको बताएकी छिन्। डाेरीज काेराेना सङ्क्रमित हुने पहिलाे बेलायती सांसद बनेकी छिन्। 

कोरोनाका कारण बेलायतमा ६ जनाको ज्यान गएपछि स्वास्थ्य मन्त्री डोरीजलाई सङ्क्रमण देखिएको हो। योसँगै बेलायतमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन सय ८२ पुगेको छ। 

बेलायतमा कोरोनाका कारण छैटौँ व्यक्तिका रुपमा एक जना ८० वर्षीय पुरुषको ज्यान गएको हो। 

स्वास्थ्य मन्त्रीले आफूलाई आफ्नो भन्दा पनि आफूसँगै रहेकी ८४ वर्षीया आमाको स्वास्थ्यलाई लिएर चिन्तित भएको बताएकी छिन्। मङ्गलबारदेखि आमालाई पनि रुघाखोकी लाग्न थालेको उनले बताइन्।