काठमाण्डौ / कोरोनाले विश्वभर महामारीको रुप लिदै गर्दा फ्रान्सका एक मन्त्रीसमेत कोरोनाको संक्रमणमा परेका छन्। मिडिया रिपोर्टका अनुसार फ्रान्सका संस्कृति मन्त्री फ्रान्क रेइस्टरमा कोरोना पोजेटिभ देखिएको बताइएको छ।

उनी हाल आफ्नै घरमा क्वारेन्टाइनमा बसेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ। रोयटर्सका अनुसार फ्रान्सका पाँचजना सांसद समेत कोरोनाको संक्रमणमा परेका छन्।

फ्रान्सका स्वास्थ्य मन्त्रीले पेरिस एयरपोर्ट अपरेटरका प्रमुखसमेत कोरोनाको संक्रमणमा परेको बताउदै पछिल्लो दुई सातादेखि उच्च सरकारी अधिकारीहरुले हात मिलाउन छोडेको बताएका छन्।

स्वास्थ्यमन्त्रीले संस्कृति मन्त्री फ्रान्क अहिले घरमै आराम गरिरहेको र उनको अवस्था ठीक रहेको बताएका छन्। फ्रान्समा समेत कोरोनाको संक्रमण बढिरहेको छ भने अहिलेसम्म ३० जनाको ज्यान गएको छ।