धरान / धरान उपमहानगरपािलका –६ पानवारीमा स्कुटी सिकाइ दिने बहानामा एक बालिकालाई यौन शोषण भएको घटना सार्वजनिक भएको छ।
१५ बर्षीय ती बालिकालाई स्थानीय एक युवकले बाबु आमा नभएको बेला स्कुटी सिकाइ दिने बहानामा जंगलमा लगेर यौन शोषण गरेको प्रहरी चौकी पानवारीले जानकारी दिएको छ।
घटना केही दिनअघि भएको बताइएको छ। प्रहरी चौकी पानवारीले आइतबार इलाका प्रहरी कार्यालय धरानमा ती युवकलाई बुझाइएको बताइएको छ।
पक्राउ परेका युवकको नाम प्रहरीले सार्वजनिक गरेको छैन्। घट्नाबारे अनुुसन्धान भइरहेको इप्रकाका इन्स्पेक्टर हेमराज ओलीले जानकारी दिनुभयो।