बेलबारी/ मोरङको भाउन्नेमा तरुण युवासँग नेपाली कांग्रेस बिषयक अन्तरकृयाका सहभागीहरुले युवाहरुलाई पार्टीले उचित स्थान दिएर अघि बढाउनुपर्नेमा उनीहरुले जोड दिएका छन्। नेपाली कांग्रेस तरुण बिभाग मोरङको आयोजनामा भएको कार्यक्रमका सहभागीले यस्तो भनेका हुन्।

कार्यक्रममा कांग्रेस महासमिति सदस्य बसन्त भट्टराईले युवाहरुबीना पार्टी अपुरो हुने भन्दै युवालाई पार्टीले उचित स्थान दिएर सँगसँगै अघि बढाउने बताउनुभयो। प्रदेश सांसद शेखरचन्द्र थापाले तरुण दलले पार्टीलाई अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गनुभयो।

महासमिति सदस्य डा.सुनिल शर्माले युवाको आँट र हिम्मतले आगामी निर्वाचनमा मोरङको ३ नम्बर क्षेत्रमा कांग्रेस बिजयी बन्ने दावी गर्नुभयो। तरुण बिभाग प्रमुख एवं पार्टी जिल्ला सदस्य सञ्जय मण्डलले पार्टीका हर गतिबिधिमा युवाहरुले सकृयतापूर्वक भूमिका निर्वाह गर्ने बताउनुभयो।

नेपाली कांग्रेस तरुण बिभागले ३ नम्बर क्षेत्र स्तरीय गरेको अन्तरकृयामा दर्जनौ तरुण युवाहरु सहभागी थिए। यसअघि मोरङका बाँकी ५वटा निर्वाचन क्षेत्रमा कार्यक्रम सम्पन्न भईसकेकाले योसँगै क्षेत्र स्तरीय अन्तरकृया कार्यक्रम सकिएको तरुण बिभागले जनाएको छ।