एजेन्सी / चीनको तटीय क्षेत्रमा रहेको सहर झेजियाङमा रहेको एक रेष्टुरेन्टले महिला ग्राहकलाई आकर्षण गर्न अचम्मको मूल्यसुची सार्वजनिक गरेको छ। ग्राहक तान्नकै लागि होटेल, रेष्टुरेन्टले कस्ता प्याकेज ल्याउन सक्छन भन्ने एक उदाहरण पनि बनेको छ त्यो रेष्टु्रेन्ट।

त्यहाँको एक रेस्टुरेन्टले महिलालाई ‘वस्तु’ तुल्याएर विज्ञापन गरेपछि झेजियाङ नै सनसनीपूर्ण ढङ्गले चर्चामा आएको हो। ट्रेन्डी चिरान्ट नामक रेस्टुरेन्टले विज्ञापनका लागि विभिन्न आकारका स्तन भएका महिलाको कार्टुन बनाई त्यसमुनि लेख्यो– द होल सिटी इज लुकिङ फर ब्रेस्टस् ’ अर्थात्, सिङ्गै सहरले स्तनको तलास गरिरहेको छ।

महिला ग्राहकलाई आकर्षित गर्नका लागि सो रेस्टुरेन्टले महिला ग्राहकले पहिरिएको ब्राको साइज हेरेर छुट दिने रणनीति अवलम्बन गरेको छ। जसअनुसार खानामा पाँचदेखि ६५ प्रतिशतसम्म छुट दिइन्छ।

यस विज्ञापनपछि आफ्नो स्तनलाई आकर्षक रूपमा प्रस्तुत गरी खाना खान सो रेस्टुरेन्टमा महिलाको भीड लाग्ने गरेको छ भने स्थानीयवासीले चाहिँ महिलालाई भेदभावपूर्ण नजरले हेरिएको यस्तो अश्लील विज्ञापन तत्काल रोक्नुपर्ने भन्दै आक्रोश प्रकट गरेका छन्।