मोरङ / मोरङको सुनवर्षी नगरपालिकामा आयोजित सुनवर्षी मेयरकप फुटबल प्रतियोगिताको पहिलो चरणको खेलमा रतुवामाईलाई सडन डेथमा पराजित गर्दै केराबारी गाउँपालिका विजयी भएको छ।

निर्धारित समयमा बराबरीमा खेल टुंगिएपछि ट्राईब्रेकर भएको थियो। ट्राईब्रेकरमा पनि ४–४ गोल भएपछि खेल सडन डेथमा परिणत भएको थियो। सडन डेथमा ९–८ को गोल अन्तरले केराबारी गाउँपालिका विजयी भएको हो।

खेलको पहिलो हाफमा एक एक गोल भएको थियो। निकै प्रतिष्पर्धात्मक खेलमा पहिलो हाफमा केराबारीले रतुवामाईलाई दवावमा राख्दै जर्सी नं. ८ का तपन कार्कीले एक गोल गरेका थिए। त्यसैगरी पहिलो हाफको समय सकिनै लाग्दा रतुवामाईका सम्सेर ह्याण्डीले एक गोल गरि बराबर भएका थिए।

त्यसैगरी दोश्रो हाफ शुरु भएको लगत्तै ह्याण्डीले थप एक गोल गरेका थिए। त्यसैगरी केराबारी गाउँपालिकाको तर्फबाट टिम क्याप्टेन मनिष लिम्वुले एक गोल गरि बराबर बनाएको थियो। खेलको म्यान अफ दि म्याच रतुवामाईको ह्याण्डी घोषित भएका थिए।