इटहरी / इटहरीस्थित जनता बहुमुखी क्याम्पसभित्र टिकटक बनाउन नपाइने भएको छ। विद्यार्थीहरुले टिकटक भिडियो बनाउने र अल्मलिने क्रम बढ्दै गएपछि क्याम्पस प्रशासनले टिकटक निषेध गर्ने गरी मंगलबार सुचना जारी गरेको हो।

क्याम्पसले जारी गरेको सुचनामा सामाजिक सञ्जालमा क्याम्पसको नाम, लोगो तथा इमेल ठेगानाको दुरुपयोग गरि फेसबुक एकाउन्टहरु बनाउने काम भएकोले त्यस्ता खाताहरु तुरुन्त बन्द गर्न र अन्य खाता नखोल्न समेत जानकारी गराएको छ।

सो सुचनामा टिकटक बनाउन साथै क्याम्पसको प्राङ्गण भित्रका कुनैपनि गतिविधि क्याम्पसको अनुमति बिना सामाजिक सञ्जालमा अपलोड गरिएको पाइए प्रचलित कानुन बमोजिमको कारबाही गरिने उल्लेख गरिएको छ।