काठमाण्डौ / न्युजिल्यान्डका अलराउण्डर कोरी एन्डरसन काठमाण्डौ किंग्स ११ बाट आसन्न ईपीएल खेल्ने भएका छन्। ईपीएलका लागि काठमाण्डौले विदेशी खेलाडीका रूपमा स्टार खेलाडी ल्याएको हो।

एन्डरसनले न्युजिल्यान्डको तर्फबाट १३ टेस्ट, ४९ एक दिवसीय र ३१ वटा टी २० खेल खेलिसकेका छन्। एन्डरसनले इन्डियन प्रिमियर लिग र पाकिस्तान सुपर लिग खेलेका छन्।

उनले आईपीएलमा दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स र रोयल च्यालेञ्जर्स बेंगलोरबाट तथा पीएसएलमा लाहोर कलन्दर्सबाट खेलेका थिए।