इटहरी / सुनसरी र मोरङ इटहरीमा सम्पन्न ग्रासरुट क्षेत्रिय लिग फूटबलमा च्याम्पियन बनेका छन्। इटहरी २० तरहरामा तीन दिनसम्म भएको लिगमा बिजयी हुदै सुनसरी र मोरङ प्रदेश लिगका लागि छनौट भएको हुन्।

दश बर्षमुनीको उमेर समुह अन्तर्गत भएको फाइनल खेलमा सुनसरीले मोरङलाई तीन शुन्यले पराजित गर्दै प्रदेश लिगको लागि छनौट भएको हो। यस्तै १३ बर्ष उमेर समुह अन्तर्गत मोरङले सुनसरीलाई तीन शुन्यले नै पराजित गर्दै छनौट भएको छ।

IMG_9099 १३ बर्ष मुनीको छात्रा तर्फको खेलमा मोरङले सुनसरीलाई दुई एक गोल अन्तरले पराजित गर्दै प्रदेश लिगको लागि छनौट भएको छ। लिगमा प्रदेश एकका झापा, मोरङ, सुनसरी र उदपयुर गरी चारवटा जिल्ला सहभागी थिए।

अखिल नेपाल फुटबल संघ एन्फा सुनसरी जिल्ला कोषाध्यक्ष कोबितजंग कार्कीका अनुसार लिग बिजेताले आगामी महिना हुने प्रदेशस्तरिय लिग खेल्न पाउने कार्कीले जानकारी दिनुभयो। प्रदेश लिगमा भोजपुर र ताप्लेजुंगबाट छनौट भएर आएका टीमसंग आगामी महिना प्रतिष्पर्धा हुनेछ।