रौतहट / रौतहटमा एकजनाले आफ्नै छिमेकीमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेका छन्। शुक्रबार राती अन्दाजी आठ बजेको समयमा कटहरिया नगरपालिका २ जमुनियाका २५ बर्षीय मुस्ताक आलमले २० बर्षीय अब्दुल खैरको पेटमा छुरा हानेर हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी नविन कार्कीले छुरा प्रहार गर्ने आलमलाई नियन्त्रण लिएको जानकारी दिनुभयो। डीएसपी कार्कीका अनुसार दुईदिन अघि मृतक अब्दुल खैरको पानी तान्ने मोटर चोरी भएको थियो। मोटर चोरीको आरोप हत्याका आरोपी आलमको नाउमाथि परेको थियो।