इटहरी/ सुनसरीको इटहरी ६जुटबिकास चोकमा रहेको ब्लुमिङ किण्डरगार्टेन मन्टेश्वरी स्कुलले १३औं बार्षिक उत्सव मनाएको छ। स्कुल परिसरमा बिभिन्न भब्य कार्यक्रम गरी बार्षिक उत्सव मनाएको हो।

प्ले ग्रुपदेखि ५कक्षा सम्म अध्यापन हुने सो मन्टेश्वरी स्कुलमा शुक्रबार नृत्य, गायन, नाटक, हास्यब्यंग्य, क्याटवाक गराईएको स्कुलकी प्रिन्सिपल स्मृति (सापकोटा) भट्टराईले बताउनुभयो। स्कुलमा अध्ययनरत बिद्यार्थीबाट मास्टर र मिस ब्लुमिङ प्रतियोगिताबाट चुन्ने गरेको र बिभिन्न चाडपर्वका समयमा बिशेष कार्यक्रमसहित शैक्षिक कार्यक्रमका साथै अतिरिक्त कृयाकलापहरु समेत गराउदै आएको छ। कार्यक्रममा यस बर्षका लागि मास्टर ब्लुमिङ अमुल्य कोइराला र मिस ब्लुमिङको उपाधी निर्भना मानन्धरले हात पारेका थिए।

कार्यक्रममा स्कुलका स्थापक मञ्जु कोईरालाले सबै किसिमका कार्यक्रममा बिद्यार्थीलाई सहभागी गराएर बालमैत्री वातावरण दिएर अध्यापन गराइइदै आएको स्मरण गराउनुभयो।

बिद्यालय सञ्चालक समितिकी अध्यक्ष सृजना नेपालको अध्यक्षता भएको कार्यक्रममा इटहरी उपमहानगरपालिका शिक्षा शाखाकी प्रमुख अम्बीका कुमारी साहले युगले मागले शिक्षा स्कुलले प्रदान गरिरहेको भन्दै सबै बिद्यार्थीहरुको सर्वाङिण बिकासको लागि कार्यगरिरहेको बताउनुभयो।

२०६४ सालमा स्थापना हुँदा २ कोठा र चारजना बिद्यार्थीबाट स्कुल शुरु गरिएको र अहिले स्कुलमा २ सय ५० बिद्यार्थीसहित संगित, नृत्य, कम्प्युटर कक्षादेखि लिएर बिज्ञान प्रयोगशाला पनि सञ्चालनमा रहेको छ। 2 2 3 5 pic 1