इटहरी / यूरोप–नेपाल व्यापार तथा लगानी कार्यक्रम (टीआईपी)अन्तर्गत यूरोपेली संघ (ईयू)ले नेपालको कफी र पश्मिना उत्पादनको क्षेत्रमा १ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। टीआईपी कार्यक्रमको चौथौं वर्षमा ईयूले नेपाली पश्मिना र कफी क्षेत्रको उत्पादन प्रवद्र्धनमा सहयोग गर्ने बताएको हो।

सहयोग राशिमध्ये अन्तरराष्ट्रिय व्यापार केन्द्रले ६२ करोड ६१ लाख रुपैयाँ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपालस्थित यूरोपेली संघको कार्यालयले संयुक्त रूपमा ३७ करोड ५७ लाख रुपैयाँ खर्च गर्नेछन्।

अन्र्तराष्ट्रिय व्यापार केन्द्रले बिहीवार काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा ईयूले नेपाली कफी र पश्मिना क्षेत्रमा उत्पादनदेखि बजार पहुँचसम्मको कार्यक्रममा लगानी गर्ने बताएको हो। ईयू र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको बीचको साझेदारीमा सो कार्यक्रम कार्यन्वयनमा आउनेछ।

- यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ।