काठमाण्डौ / मिस नेपाल २०२० को आवेदन खुला गरिएको छ। हिडन टिजरले हरेक वर्ष गर्दै आएको मिस नेपाल २०२० का लागि सोमबारबाट आवदेन खुला गरिएको हो।

मिस नेपाल प्रतियोगितामा भाग लिन चाहनेले मिस नेपालको आधिकारिक वेबसाइट मिसनेपाल डटकम डटएनपी मा गएर आवेदन दर्ता गर्न सक्नेछन्। मिस नेपालको अडिसन फाराम निशूल्क भर्न सकिने छ।

आयोजकका अनुसार सन् २०२० मा मे १५ मा मिस नेपाल घोषणा गरिनेछ। २०२० की मिस नेपालले २ लाख ५० हजार पाउनेछिन्। नेपालभरमा ९ शहरबाट मिस नेपालको अडिसन हुने भएको छ। अडिसन काठमाण्डौसहित धनगढी, नेपालगञ्ज, बुटवल, पोखरा, चितवन, वीरगञ्ज, विर्तामोड र धरानमा हुने आयोजकले जनाएको छ।

आयोजकका अनुसार मोफसलमा मिस नेपालको सहभागिता जनाएका र मापदण्ड पुगेकालाई काठमाण्डौ बोलाइनेछ। मिस नेपालमा १९ वर्षदेखि २६ वर्ष उमेर समूहका युवतीहरुले सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ।