काठमाण्डौ / निर्देशक दिपेन्द्र कुमार खनालको चलचित्र आमा फागुन ९ गते देखि प्रदर्शन भइरहेको छ। चलचित्रले प्रदर्शन भएको हप्ता दिन नपुग्दै दुई करोड रुपैयाँ भन्दा माथिको व्यापार गरिसकेको छ।

शर्मिला पाण्डे द्वारा निर्मित चलचित्र आमा समसामयिक कथावस्तुमा आधारित छ। समाजमा नारीले खेल्ने विभिन्न तहको भुमिकाका अतिरिक्त पुरुषले निर्वाह गर्ने जिम्मेवारी समेत नारीले गर्न सक्छन् भन्ने सन्देश चलचित्रले दिन खोजेको छ।

सामाजिक कथाका अतिरिक्त आजभोली ब्याप्त अस्पताल भित्रको व्यापारीकरण, बेरोजगारीका कारण बढी रहेको युवा पुस्ताको पलायन जस्ता विषय चलचित्रले उठान गरेको छ।

चलचित्र आमामा मिथिला शर्मा, सुरक्षा पन्त, मनिष निरौला, देशभक्त खनाल, टीका पहारी, लक्ष्मी भुषाल, सरिता गिरीको अभिनय रहेको छ।