धरान / धरानमा जारी २२औँ बुढासुब्बा गोल्डकपको अन्तिम सेमिफाइनल खेल आज लिग विजेता मच्छिन्द्र फुटबल क्लब काठमाण्डौ र विभागीय टोली नेपाल पुलिस क्लव विच प्रतिस्पर्धा हुदैं छ। धरान–१६ स्थित क्षेत्रीय रंगशालामा हुने प्रतियोगिता निकै रोचक हुने बताइएको छ।

नेपाल पुलिस सबैभन्दा बढि बुढा सुब्बा गोल्ड कपको उपाधी उचाल्ने टिम हो। ५ पटक उसले उपाधी जिति सकेको छ।नेपालका स्टार खेलाडीहरु भेरिएको विभगाीय टिम हो। मच्छिन्द्र बुढा सुब्बा प्रतियोगितामा प्रवेश पहिलो हो। तर निकै सशक्त टिम रहेको बताइन्छ।

विमल घर्तीमगरसहितका स्टार खेलाडीहरु यस क्लवमा अनुबन्धित भएका कारण आजको खेल निकै रोचक हुने छ। यसअघि भारतको सन्डे एफसीलाई ६–१ गोलको भारी अन्तरले पराजित गर्दै मच्छिन्द्रले सिजनको तेस्रो उपाधि अभियानमा लागेको छ।

अघिल्लो शनिबार सहिद स्मारक ए डिभिजन लिग जितेको मच्छिन्द्र आइतबार झापामा शताक्षी गोल्डकपको उपाधि जित्दै धरान पुगेको हो। आज विजेता टिमले उपाधीका लागि मनाङ मर्स्याङ्दीसँग सामाना गर्ने छ। प्रतियोगिताको फाइनल फागुन १७ गते रहेको छ।