काठमाण्डौ / हलिउडका चर्चित फिल्म निर्माता हार्वी वाइनस्टिन यौन दुर्व्यवहार र बलात्कार मुद्दामा दोषी ठहरिएका छन्। वाइनस्टिनविरुद्ध ८० जनाभन्दा धेरै महिलाहरुले यौन दुर्व्यवहारकाे आरोप लगाएका थिए। 

तर पाँच जना महिला र सात जना पुरुषको ज्युरीले पाँच दिनसम्म विचार विमर्श गरेपछि वाइनस्टिन ‘थर्ड डिग्री रेप’ र ‘फर्स्ट डिग्री’ आपराधिक यौन गतिविधिमा दोषी ठहरिएका हुन्। 

यो विषयमा उनलाई २५ वर्षसम्मको सजाय हुन सक्ने बताइएको छ। 

वाइस्टिनमाथि दुई जना महिलालाई बलात्कार र यौन आक्रमण गरेको आरोपमा लस एन्जेल्समा मुद्दा चलिरहेको छ। 

तर ६७ वर्षीय वाइनस्टिनमाथि ‘फस्र्ट डिग्री रेप’ अर्थात् बलात्कार जस्तो कुनै गम्भीर विषयमा दोषी साबित भएका छैनन्। 

चर्चित अभिनेत्री एन्जेलिना जोली र ग्विनेथ पाल्त्रोव लगायत हलिउडसँग जोडिएका चर्चित महिलाहरुले हार्वी वाइनस्टिनमाथि यौन दुर्व्यवहारकाे आरोप लगाएका थिए। उनीविरुद्ध कैयौँ महिलाहरुले अघि सरेपछि अभियान मजबुत हुँदै गएको थियो। त्यसपछि विश्वभरका महिलाहरुले आफूसँग भएको यौन दुर्व्यवहारकाे अनुभव सामाजिक सञ्जालमा साझा गरेका थिए। 

वाइनस्टिनलाई हलिउडको सबैभन्दा शक्तिशाली हस्तीमध्ये एक मानिन्छ। उनी हिलारी क्लिन्टन र बराक ओबामाको पार्टीलाई चन्दा दिने व्यक्ति पनि हुन्।