इटहरी / इटहरी उपमहानगरले लगानी सम्मेलन गर्ने भएको छ। लगानी सम्मेलनका लागि सोमबार पूर्वतयारी अन्तक्रिया कार्यक्रम गरिएको छ।

उपमहानगरका विज्ञसमूह, कार्यपालिका सदस्यहरु, उपमहानगरका कर्मचारी र संचारकर्मी विच अन्तक्रिया गरिएको हो।

कार्यक्रममा उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले लगानी सम्मेलनको आवश्यकता र औचित्यका वारेमा प्रष्ट पार्नुभयो। उहाँले इटहरीको सम्वृद्धि र विकासका लागि विभिन्न संभावनाहरु वताउदै त्यसका लागि लगानी जुटाउन लगानी सम्मेलन गर्न लागिएको जानकारी दिनुभयो।

अन्तक्रिया कार्यक्रममा वोल्दै सहभागिहरुले इटहरीको दीर्घकालिन विकासलाई ध्यानमा राखेर योजनावद्ध तयारीका साथमा लगानी सम्मेलन गरिनुपर्ने सुझाव दिएका छन।

इटहरीमा लगानीका क्षेत्रहरु पहिचान गरि त्यसमा लगानीका लागि के कस्तो वातावरण वनाउन सकिन्छ त्यसमा ध्यान दिनुपर्नेमा जोड दिइएको छ।

कार्यक्रममा विज्ञ सल्लाहकार संयोजक डा दिवाकर रेग्मी, रेवती घिमिरे, तारा पोखरेल,जगदिश ओली, रुद्र वस्नेत, मणीराम गिरी, राजु केसी, भोलाकाजी वस्नेत, विमला तिम्सिना लगायतले सुझाव प्रस्तुत गर्नुभयो।

कार्यक्रममा कार्यपालिका सदस्यहरु चन्द्र भटटराई, भगवान लाल शाह, हर्क मगर, विश्व घिमाल र वडासदस्य सन्तोष पराजुलीले आफना धारणा राख्नुभयो।