काठमाण्डौ / आमा बन्नु महिलाका लागि खुसीको कुरा हो। गर्भावस्थामा महिलाहरूले शरीरमा थुप्रै परिवर्तनको अनुभूति गरेका हुन्छन्। गर्भावस्थाको समयमा देखिने यस्ता परिवर्तनबारे जानकारी नहुँदा उनीहरूमा डरसमेत पैदा हुने गरेको छ। गर्भवती अवस्थामा महिलाहरूको शारीरिक तथा मानसिक दुवै कुरामा परिवर्तन आउने गर्छ।

यसबारे महिलाहरूलाई राम्रो ज्ञान हुन आवश्यक रहेको चिकित्सकहरूको भनाइ छ। विशेष गरी गर्भवती भएका बेला हुने सुरुवाती परिवर्तनबारे राम्रो ज्ञान भयो भने यसले महिलाहरूलाई विभिन्न समस्या तथा गुनासोबाट टाढा राख्न मद्दत गर्छ।

महिलाहरूमा गर्भावस्थामा आउने केही सुरुआती परिवर्तन निम्न छन्।

१. महिनाबारी रोकिन्छ। यो नै गर्भवती भएको सबैभन्दा पहिलो लक्षण हो।

२. सम्पूर्ण महिलामा आफू गर्भवती भएको अनुभूति स्वतस् हुन्छ र सत्य पनि हुन्छ।

३. महिलाको स्तनमा परिवर्तन आउँछ। गर्भवती अवस्थामा स्तन दुख्ने तथा संवेदनशील हुने गर्छ भने

४. कहिलेकाहीँ स्तनको टुप्पामा कालो रङ देखापर्छ।

५. सहजै थकानको महसुस हुने गर्छ। यो अवस्थामा शरीरका हर्मोनमा वृद्धि भइरहेकाले महिलाहरूले चाँडै थकान तथा गाह्रो भएको महसुस गर्छन्।

६. बारम्बार पिसाब लाग्ने गर्छ। यो अवस्थामा पिसाबनलीमा पाठेघरले बढी चाप दिने र मृगौलाबाट पनि अतिरिक्त रसायन निस्कने भएकाले महिलाहरूलाई महिनासम्म बारम्बार पिसाब लाग्ने गर्छ।

७. बिहानीपख ज्वरो आउने तथा वाकवाकी लाग्ने हुन्छ। गर्भवती अवस्थामा शरीरले नयाँ अवस्थाको सामना गर्नुपर्ने भएकाले यास्तो हुने गर्छ। बिहानीपख लाग्ने वाकवाकी विशेष गरी पहिलो महिना हुने गर्छ र विस्तारै घट्दै जान्छ।

८. शरीर काम्ने तथा बेहोस हुने हुन्छ। यो अवस्थामा आमाले आफ्नो शरीरमा भएको प्रोटिन बच्चालाई पनि प्रदान गर्ने भएकाले आमालाई कमजोरी तथा बेहोसी हुने गरेको हो। यस्तो बेलामा आमाले धेरै प्रोटिन तथा भिटामिनयुक्त खाना खान आवश्यक हुन्छ।

९. केही खानेकुरा खान मन पर्दैन । यो अवस्थामा बढी भिटामिनयुक्त र प्रोटिनयुक्त खानेकुरा खाइरहने हुँदा त्यस्तो अनुभूति हुने गरेको हो। तर त्यसो भयो भन्दैमा खान छोड्नु हुँदैन।

१०. केही बास्ना तथा गन्धदेखि एलर्जी हुन सक्छ। महिलाको शरीरमा भएको एस्ट्रोजन हर्मोनको साइड इफेक्टका कारण यस्तो हुने गर्छ।

११. कब्जियत हुन सक्छ। यस्तो भएमा तुरुन्त डाक्टरकहाँ जानुपर्छ। गर्भवती अवस्थामा महिलाहरूको मन छिनछिनमा परिवर्तन हुन्छ। कहिलेकाहीँ उनीहरू ज्यादै सन्काहा हुन्छन् भने कहिले भावुक।

१२. शरीरको तापक्रम एकदम बढ्ने गर्छ। ढाड दुख्छ। पेटमा भएको बच्चाको तौलका कारण ढाड समस्या आएको हो।