बीबीसी / ब्राजिलले किशोरकिशोरीलाई यौन सम्पर्क विवाहपछिको लागि जोगाएर राख्न आग्रह गरेको छ। किशोरावस्थामा गर्भधारणको उच्च दरलाई कम गर्न सरकारले त्यस्तो आग्रह गरेको हो।

महिला, परिवार तथा मानवअधिकार मन्त्री दमारेस एल्भिसले ल्याएको किशोरावस्थामा यौनबाट टाढा बस्न प्रोत्साहित गर्ने कार्यक्रमको व्यावसायिक स्वास्थ्य सङ्गठनहरूले भने आलोचना गरेका छन्। मन्त्री एल्भिस राष्ट्रपति जाइर बोल्सोनारोले समर्थन गर्ने इशाई नेता हुन् जसमाथि नागरिकमा धार्मिक अजेन्डा लाद्ने प्रयास गरेको आरोप लाग्ने गरेको छ।

आनन्दका लागि मात्र यौन खोज्नेहरूको कडा अभियान हामीले देखिरहेका छौँ। किशोरावस्थामा हुने गर्भधारण नियन्त्रण गर्ने सबैभन्दा प्रभावकारी’ तरिका भनेको ‘कन्डम, उपकरण र गर्भनिरोधक चक्की’ नभई यौनबाट अलग रहनु नै रहेको बताए।

ब्राजिलको सरकारी तथ्याङ्क अनुसार किशोरावस्थामा हुने गर्भधारण दर सन् २००० बाट सन् २०१७ मा आउँदा ३६ प्रतिशतले घटेको थियो। तर त्यो अझै पनि अन्य ल्याटिन अमेरिकी देशमा जस्तै उच्च नै छ। पन्ध्रदेखि १९ वर्षमा हुने गर्भधारण दर प्रति एकलाखमा ६२ छ जसको विश्वव्यापी औसत ४४ रहेको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कले देखाउँछ। त्यस समूहको सबैभन्दा उच्च गर्भधारण दर भने पश्चिम र मध्य अफ्रिकामा छ।

राष्ट्रपति बोल्सोनारोले यसअघि स्वास्थ्य मन्त्रालयले अभिभावकहरूका लागि बनाएको एउटा पुस्तिकाबाट महिलाको प्रजनन प्रणालीको रेखाचित्र र कन्डमको प्रयोग गर्न सिकाउने पाना च्यात्न लगाएका थिए। तर स्वास्थ्य सङ्गठनहरूले यो कार्यक्रमको चर्को आलोचना गर्दै यो प्रभावकारी हुने कुनै वैज्ञानिक आधार नरहेको बताएका छन्।

स्वास्थ्यस्याहारसम्बन्धी एक सङ्गठनले विज्ञप्तिमा भनेको छस् यस बिषयको (वैज्ञानिक रूपबाट) पुष्टि हुने एकमात्र उपाय भनेको किशोरकिशोरीहरूलाई पर्याप्त यौन शिक्षा र स्वास्थ्य सेवामा पहुँच दिनु हो। विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओका अनुसार विद्यालयभित्र र बाहिर दिइने यौन शिक्षाले ‘यौन क्रियाकलापहरू, त्यसको जोखिम वा यौनरोग एवम् एचआईभीको सङ्क्रमण दर बढाउँदैन।’

डब्लुएचओले भनेको छस् यौनबाट अलग राख्न प्रोत्साहन गरिने कार्यक्रमहरूले ढिलो यौन उत्साह सिर्जना गर्न, यौन सम्पर्क दर घटाउन वा यौनसाथी कम गर्न प्रभावकारी भूमिका खेल्दैनन्। एकजना महिना अधिकारवादी एवम् विपक्षी सांसद साम्बीया बोमफीमले सरकारले जटिल समस्यालाई किशोरकिशोरीको आफ्नै निर्णयमा छाडेको बताएकी छन्।

एक ट्वीटमा उनले लेखेकी छन्स् जुन देशमा बलात्कारका अधिकांश पीडितहरू १३ वर्षमुनिका छन्, के त्यहाँ किशोरीहरूलाई नाइ भन्ने छुट होलारु गत वर्ष एल्भिसको कार्यालयले ब्राजिलको कङ्ग्रेसमा किशोरकिशोरीको गर्भधारणसम्बन्धी एउटा कार्यक्रम आयोजना गरेको थियो।

जसमा निम्त्याइएका वक्ताहरू यौनबाट अलग रहन प्रोत्साहन गर्ने अन्तर्राष्ट्रिय समूहहरूमा आबद्ध थिए।आलोचकहरूले अमेरिकामा समेत त्यस्तो प्रयास असफल भएको भन्दै ब्राजिलमा त्यसबाट परिवर्तन देखा पर्ने सम्भावना नरहेको बताएका छन्।