सिन्धुली / सोमबार बिहान गाडीको ठक्करबाट ५० वर्षीय नन्दलाल श्रेष्ठको ज्यान गएपछी बिपी राजमार्ग अवरुद्ध भएको छ। सोमबार बिहान बिपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोटमा गाडीको ठक्करबाट श्रेष्ठको ज्यान गएपछी आक्रोशित स्थानियवासीले बिभिन्न माग राख्दै राजमार्ग अवरुद्ध गरेका हुन्।

श्रेष्ठलाई ठक्कर दिएर फरार रहेका गाडी चालकलाई पत्ता लगाई आवश्यक कानुनी कारवाही गर्नुपर्ने स्थानियबासीको माग रहेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार ठक्कर दिने गाडी चालकको खोजीकार्य भईरहेको र अवरुद्ध राजमार्ग सञ्चालन गर्ने प्रयास जारी छ।

यसरी राजजमार्ग अवरुद्ध भएपछि बिपी राजमार्ग तथा मध्यपहाडी लोकमार्गहुँदै काठमाण्डौ र काठमाण्डौदेखि अन्यत्र हिँडेका यात्रुहरु बिचल्लीमा परेका छन्।