इटहरी / सुर्यलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सुकुना बहुमुखि क्याम्पसको संयुक्त आयोजनामा स्वरोजगार मुलक तालिमको आयोजना भएको छ। सुर्यलाइफ इन्स्योरेन्स प्रदेश १ प्रमुख तिर्थराज कार्कीको प्रमुख आतिथ्यता तथा सुकुना बहुमुखि क्याम्पसको समायोजनमा सो कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा सुर्यलाइफ इन्स्योरेन्सका मार्केटिङ म्यानेजन सुष्टि खुलाल, इन्दिरा श्रेष्ट, बिराटचोक शाखा प्रमुख रन्जित श्रेष्ठ, सुकुना बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख चन्द्रमणि राई, व्यावस्थापन संकाय प्रमुख तथा कार्यक्रम व्यावस्थापक बलराम पोखरेल, बिज्ञान संकाय प्रमुख इन्द्र तिम्सिना, इन्द्रपुर नमुना स्कुलका प्रेन्सिपल अर्जुन ढकाललगायत बिभिन्न प्रध्यापक, कर्मचारी तथा बिद्यार्थीहरुको उपस्थिति रहेको थियो।

sukuna2 कार्यक्रम बिद्यार्थीहरुलाई सैैद्धान्तिक ज्ञानको अतिरिक्त व्यावहारीक ज्ञान र अर्थाेपाजनसम्बन्धि ज्ञान दिने उद्धेश्यले आयोजना गरिएको कार्यक्रम व्यावस्थापक बलराम पोखरेलले जानकारी दिनुभयो। उहाँले स्नातक र स्तातकोत्तरमा अध्यायनरत बिद्यार्थीहरुलाई पढाईसंग संगै कामको समेत आवश्यकता पर्ने हुँदा क्याम्पसले बिभिन्न संघ सस्थासंग समन्वय गरेर स्वरोजगारमुलक कार्यक्रम गर्दै आएको बताउनुभयो।

संस्थागत सम्बन्धका साथ साथै समय अनुसार परिवर्तन हुनुपर्ने र परिवर्तनको लागि ज्ञान सिपको आवश्यकता पर्ने हुँदा सो तालिम प्रभावकारी रहेको संयोजक पोखरेलको भनाई थियो।

sukuna 1 त्यसैगरि सुर्यलाइफ इन्स्योरेन्स प्रदेश १ प्रमुख काकीले बिद्यार्थीहरुलाई बीमाको आवश्यकता तथा महत्वको बारेमा जानकारी दिदैँ अभिकर्ता बनेर काम गर्न र लिएको शिक्षालाई स्वरोजगारमा परिणत अनुरोध गर्नुभयो। साथै उहाँले बिद्यार्थीहरुलाई अभिकर्ता बनेर काम गर्न तथा सुर्यलाइफ इन्स्योरेन्सको प्रदेश १ का १८ वटा शाखा कार्यलयहरुमा आवश्यक कर्मचारी सुकुनाका बिद्यार्थीहरुलाई नियुक्त गर्ने आफ्नो उद्धेश्य रहेको बताउनुभयो।

व्यावस्थापन संकायमा अध्यायनरत बिद्यार्थीहरुलाई लक्षित गरेर गरिएकोे तालिम कार्यक्रममा बिबिएस चौथो बर्ष र एमबिएस द्धितिय सेमिस्टारमा अध्याययनरत बिद्यार्थीहरुको सहभागिता रहेको थियो।