काठमाण्डौ / युवतीलाई बली चढाउन खोजेको आरोपमा पक्राउ परेका ६ जनालाई कारागार चलान गरिएको छ।

प्रकरणमा संलग्न दिलिप पोद्दार, कृष्ण तामाङ, उमेश शाह, दिलकुमारी बुढामगर, उमेश माझी र प्रेमा तामाङलाई कारागार चलान गरिएको हो।

यसअघि पीडित भनिएकी युवतीको चलाखीका कारण प्रहरीले चलाएको कोभर्ट अपरेशनका कारण यो गिरोह पुस दोस्रो साता समातिएको थियो।

उनीहरुको साथबाट नगद एक लाख बराबरको चेक, धागो, कपडा, तान्त्रिक पूजा सामग्री लगायत बरामद भएको थियो।