काठमाण्डौ / विश्वमा अनेक प्रतिभा भएका मानिसहरु छन्। धेरैले अनौठो कार्य गरेरै गिनिज बुक अफ वर्ल्ड रेकर्ड पनि राखेका छन्। त्यस्तै एक महिलाले पनि आफ्नो अनौठो प्रतिभाले बिश्वलाई नै चकित पारेकी छिन्।

उनलाई देख्ने जोकोही हेरेको हेर्यै हुन्छ। उनको त्यो लामो दारी देखेर पुरुष हुन की महिला भनेर धेरै झुक्किन्छन्। उनी विश्वकै सबैभन्दा लामा दारी पाल्ने युवती हुन्।

बेलायतकी मोडल हारनाम कुरा नाम गरेकी उनी एक मोडल पनि हुन्। उनको दाह्री ६ इञ्च लामा छन्। हारनामले सवैभन्दा लामो दाह्री भएकी महिलाका रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा नाम लेखाइसकेकी छिन्। उनको शरिर महिलाको जस्तो भएपनि अनुहारभरि पुरुषको जस्तै दाह्री छ। उनलाई आफ्नै दाह्रीले बिश्वभर चिनाएको छ। - एजेन्सी