उदयपुर / उदयपुरको त्रियुगा नगरपालिका ६ लालपत्ताबाट लागुऔषध सहित मोहम्बद काबिरलाई प्रहरीले पक्राउ गरेको छ।

लाहानबाट गाईघाट तर्फ जाँदै गरेको लु ५४ प ८७६३ नम्बरको मोटरसाईकललाई रोकेर चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक स्थानिय २२ बर्षीय काबिरको साथबाट प्रहरीले डाईजोल्याप ५ पिस, प्रोमेफाजिन ५ पिस, नुफिन ५ पिस र प्रयोग गरेको सिरीन्ज ३ पिस, बरामद गरेको थियो।

लागुऔषध सहित पक्राउ परेका काबिरको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।