काठमाण्डौ / सरकार गठन भएको दुई वर्षपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने गृहकार्य अगाडि बढाउनुभएको छ।

दुई वर्षको अवधिमा पनि प्रतिबद्धताअनुसार काम गर्न नसक्ने मन्त्रीहरुलाई हटाएर नयाँ मन्त्री बनाउने विषयमा उहाँले परामर्थ अगाडि बढाउनुभएको छ।

यसअघि गत मंसिर १५ मा प्रधानमन्त्री ओलीले ५ मन्त्रीलाई हटाएर नयाँ मन्त्री नियुक्त गर्नुभएको थियो। सरकारका कामलाई प्रभावकारी बनाउन उहाँले पछिल्लो चरणमा नियुक्त गरेका बाहेकका अन्य मन्त्री हेरफेर गर्ने गरी गृहकार्य अगाडि बढाइएको प्रधानमन्त्री निकट एक सचिवालय सदस्यले बताए।

उहाँका अनुसार यही फागुनभित्र नै मन्त्रिमण्डल विस्तार गर्ने छन्। - यो समाचार आजको नेपाल समाचारपत्रले छापेको छ।