काठमाण्डाै / प्राय अधिकांश फुटबल प्रेमीहरुले आफ्ना खेलाडीकाे जानकारी राखेका हुन्छन्। फुटबल खेलाडीहरुसँग जाेडिएकाे आकर्षक पक्षमध्ये एक हाे, उनीहरुकाे सम्पति र जीवनशैली। 

फुटबल खेलेर धेरै जसो खेलाडीहरुले राम्रो कमाई गरेका हुन्छन्। धेरैजसो खेलाडीले फुटबलबाट नाम र दाम दुबै प्रशस्त कमाउँछन्। वर्तमान समयमा विश्वका पाँच धनी फुटबलरहरु यी हुन्। 

१. फैक जेफ्री बाेल्किआ


ब्रुनाइका सुल्तान हस्सानल बाेल्किआका भतिज फैक विश्वकै धनी फुटबलरमध्ये पहिलो नम्बरमा पर्दछन्। अध्यनकाअनुसार फैकसँग २० बिलियन बराबरको सम्पति रहेको छ। उनी प्रिमियर लिग क्लब लेस्टर सीटीका मिडफिल्डर हुन् भने ब्रुनाइको राष्ट्रिय टिमका लागि पनि खेल्दछन्।

२. क्रिस्टियानो रोनाल्डो


पोर्चुगल तथा सीरी ‘ए’ क्लब युभेन्टसका स्टार रोनाल्डोका लागि युभेन्टसले वार्षिक ३० मिलियन डलर खर्चिने गरेको बताइएको छ। उनको आफ्नै कपडा ब्रान्ड छ भने उनी फुटबलबाट सन्यासपछि अभिनयमा लाग्ने बताएका छन्।

उनीसँग ४५० मिलियन बराबरको सम्पति रहेको बताइएको छ। रोनाल्डो पाँच पटकको बालोन डी ओर तथा ५ पटकको च्याम्पियन्स लिग विजेता समेत हुन्।

३‍‍‍‍ .डेभिड बेक्ह्याम

डेभिड बेकह्यामले फुटबलबाट सन्यास लिइसकेका छन्। उनी अहिले आफ्नो छुट्टै क्लब स्थापित गर्न लागिपरेका छन्। उनले मेजर लिग सकरमा नयाँ क्लब इन्टर मायामीको स्थापना गरेका छन्। डेभिडसँग ४५० मिलियन बराबरको सम्पति रहेको बताइएको छ।

४. लियोनल मेस्सी

लियोनल मेस्सी स्पेनिस क्लब बार्सिलोनाका कप्तान हुन् भने उनी ६ पटकको बालोन ‘डि’ ओर विजेतासमेत हुन्। मेस्सीसँग ४०० मिलियन बराबरको सम्पति भएको बताइएको छ। मेस्सीका थिएगो, मेटो र सिरो गरी ३ जना छोराहरु छन्।

५ .नेयमार


ब्राजिलका नेयमार सबैभन्दा धनी फुटबलरमध्ये पाँचौ स्थानमा पर्दछन्। नेयमारले २००३ मा सान्टोसबाट फुटबलको यात्रा सुरु गरेका थिए। भने उनी २०१३ मा बार्सिलोना आएका थिए र त्यही समयदेखि चर्चा बटुल्न सफल भए।

नेयमारसँग ३५० मिलियन बराबरको सम्पति रहेको बताइएको छ। नेयमार विश्वकै सबैभन्दा अधिक रकममा अनुबन्धित भएका खेलाडी पनि हुन्। उनी २०१७ मा २२२ मिलियन पाउन्डमा पीएसजीमा अनुबन्धित भएका थिए।