बिराटनगर/ नोबेल शिक्षण अस्पतालको मुख्य प्रायोजनमा सञ्चालित बिराट एक्स्पो एक अर्ब बरावरको आर्थिक कारोवार गर्दै सम्पन्न भएको हो। ९ दिनसम्म सञ्चालित प्रदर्शनी आईतबार सम्पन्न भएको हो।

करिव ३ लाख ५० हजारजनाले बिराट एक्स्पोको अवलोकन गरेको आयोजक उद्योग संगठन मोरङले जनाएको छ। एक्स्पो समापनका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सर्वसाधरणको उल्लेख्य उपस्थितीले एक्स्पोको सफलता पुष्टि गरेको बताउनुभयो। उहाँले आगामी बर्ष एक्स्पो सञ्चालनका लागि प्रदर्शनी स्थल निर्माणमा सहयोग गर्न सरकार तयार रहेको आश्वासन समेत दिनुभएको छ। IMG_0080

कार्यक्रममा बिराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले बिराट एक्स्पो मुलुककै उत्कृष्ट भएको दावी गर्नुभएको छ। कार्यक्रममा उद्योग संगठनका अध्यक्ष भीम घिमिरे र बिराट व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बिराटनगरमा प्रदर्शनीस्थल नहुँदा समस्या बेहोर्नुपरेको गुनासो गर्दै प्र्रदर्शनीस्थल निर्माणका लागि सरकारसमक्ष माग गर्नुभएको छ। IMG_3065

एक्स्पोका संयोजक भोलेश्वर दुलालले अपेक्षा गरे बमोजिमनै प्रदर्शनीमा सर्वसाधरणको उल्लेख्य उपस्थिती र कारोवार हुँदा उत्साहित भएको बताउनुभयो। एक्स्पो सफल बनाउन सहयोग पुर्‍याउँने बिभिन्न संघसस्था र व्यक्तिलाई कार्यक्रममा सम्मान गरिएको छ। ‘आर्थिक विकासको मूल आधार, कृषि पर्यटन, उद्योग र व्यापार’ नारासहित सञ्चालन भएको प्रदर्शनीमा ४० बिदेशीसहित ३ सय ४० स्टल राखिएको थियो। IMG_3100