धरान/ सुनसरीको धरानमा शनिबार शुरु भएको २२ औँ बुढासुब्बा गोल्डकपको दोश्रो दिनको खेल नेपाल पुलिस क्लबले जितेको छ। पुलिसले झापाको मेचि नेत्रालय काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो।

आइतबार धरान रंगशालामा भएको खेलमा जुमानु राईको उत्कृष्ट प्रदर्शनसँगै पुलिसले फाइनल यात्रा तय गरेको हो। पुलिसका लागि जुमानु राईले दुई गोल गरे। उनले म्यान अफ द म्याच घोषित हुदै नगद १५ हजार पुरस्कार समेत प्राप्त गरेका छन्। खेलमा झापाका सञ्जय धिमालले खेलको १० मिनेटमा नै गोल गरी आफ्नो टिमलाई अग्रता दिलाएका भएपनि अनुभवी खेलाडीसहित मैदानमा उत्रिएको पुलिसले उत्कृष्ट खेल कौशल प्रदर्शन गर्दै झापालाई स्तब्ध बनाएको हो। buda 2

खेलको ४१ औं मिनेटमा भोला शिलवालको पासमा सुमन सुवेदीले हेडमार्फत उत्कृष्ट गोल गरे। सुवेदीको गोल खेलकै उत्कृष्ट घोषित हुँदा सुमनले नगद ५ हजार पुरस्कार समेत जिते। पुलिसका तिर्थ रानालाई लडाएपछि पाएको फ्रिकिकमा सुमन सुवेदीले गोल गरेका हुन्। उनले करिब ३५ यार्डबाट प्रहार गरेको बलले सिधै जाली चुमेको थियो।
पहिलो हाफमा २–१ गोल अन्तरले अघि रहेको पुलिसले पुनः गोल थप्दै जित सुनिश्चित गरेको थियो। दोस्रो हाफमा आक्रामक बनेको झापाले थप एक गोल खान पुग्यो। buda 4

खेलको ७७ औं मिनेटमा पुलिसले काउण्टर एट्याकमा गोल गरेको थियो। पुलिसका जुमानु राईले पाएको मौकामा स्कोर गरेका थिए। दोस्रो हाफमा झापाले धेरै अवसर खेर फालेको थियो। झापाका कर्ण लिम्बूले वान भर्सेज वानमा गोल गर्न चुके। खेलको ६९ औं मिनेटमा कर्ण लिम्बूले सबै खेलाडी बिट भएको अवस्थामा गोल एरियाबाट स्कोर गर्न चुके। उनले प्रहार फ्लीक गरेको बल पोष्ट नजिकबाट बाहिरीयो। buda 3

झापाका प्रशिक्षक मिनबहादुर बस्नेतले अवसरलाई सदुपयोग गर्न नसक्दा हार बेहोर्नुपरेको प्रतिकृया दिएका छन्। पुलिसका प्रशिक्षक अनन्त थापाले अनुभवी र युवा खेलाडीले धैर्यताका साथ खेल्दा जित्न सफल भएको बताए। भोली सोमबार मुख्यमन्त्री लिग बिजेता बेलबारी फुटबल क्लब झापा र मनाङ मस्र्याङ्दी क्लब काठमाडौ बीच खेल हुने आयोजकले जनाएको छ।

-औजारबाट

तस्विर :शुक्रान्त राईको फेसबुकबाट