काठमाण्डौ / शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘सेन्टी भाइरस’ले बक्स अफिसमा २ दिनमा आक्रामक कमाई गरेको छ।

निर्माणपक्षले नै उपलब्ध गराएको रिपोर्ट अनुसार चलचित्रले २ दिनमा २ करोड रुपैयाँमाथिको व्यापार गरेको छ। यो व्यापार आक्रामक हो। तर, आजबाट हुने व्यापारले चलचित्रको लाइफ टाइम कलेक्शन आँकलन गर्न सकिन्छ।

निर्माणपक्षका अनुसार, शुक्रबार १.१२ करोड रुपैयाँ कमाई गरेको चलचित्रले शनिबार १.३५ करोड रुपैयाँको कमाई गरेको छ।

मबाबु गुरुङको निर्देशनमा तयार भएको चलचित्रमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, वुद्दि तामाङ, राजाराम पौडेल लगायतको मुख्य भूमिका छ।