एजेन्सी / नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज श्रेष्ठ जोशीले फागुन २७ मा लगनगाँठो कस्दै छन्। करिब एक वर्षअघि इन्गेजमेन्ट गरेको यो जोडीको विवाहले मनोरञ्जन बजार तातेको छ।

प्रियंका कार्की आफ्ना पाँचजना ‘लेडी ग्याङ्ग’ लिएर थाइल्याण्डमा ब्याचलोरेट पार्टी मनाउन पुगेकी थिइन्। त्यतिबेला उनीहरुले सोसल मिडियामा पोष्ट गरेका तस्बिर तथा भिडियोले अत्यधिक चर्चा बटुलेको थियो।
अब अहिले आयुष्मान देशराज आफ्ना पाँचजना साथीसहित पोखरामा ब्याचलर्स पार्टी मनाइरहेका छन्।
आयुष्मानले आफ्नो इन्स्टाग्राम अकाउन्टमा जुन तस्बिर पोष्ट गरिरहेका छन् ती निकै रमाइला छन्। रमाइला यसकारण कि आयुष्मानसहित उनका साथीहरुले प्रियंकाका ब्याचलोरेट पार्टीका केही तस्बिर ‘रिक्रिएट’ गरेका छन्। अहिलेसम्म उनीहरुले पाँचवटा तस्बिर रिक्रिएट गरेका छन् जुन हेर्दा निकै फन्नी छन्।
 

यसमा उनीहरुले प्रियंका र उनका साथीहरुले जे गरेका छन्, त्यो हुबहु नक्कल गर्ने कोसिस गरेका छन्।

तस्बिर पोष्ट गर्दै आयुष्मानले कसले राम्रो गर्‍यो भन्दै प्रश्न पनि सोधिरहेका छन्।

प्रियंकाले आयुष्मानका तस्बिरले आफ्नो अभ्यास भंग भएको बताएकी छिन्। उनले लेखेकी छिन्, ‘म आफ्ना साथीहरुसँग संगीतको प्राक्टिस गरिरहेको थिएँ र हामीले यो देख्यौं! मलाई विश्वास गर्नुहोस्, एकछिन प्राक्टिस भंग भयो।’