मोरङ्ग/ मोरङ सुनसरी सेवा समाज साउदी अरव गठन गरिएको छ। साउदी अरेवियामा कार्यरत मोरङ सुनसरीका नेपाली संगठित भएका हुन्।

मोरङ र सुनसरी जिल्लाबाट खाडीका बिभिन्न मुलुकमा कार्यरत नेपाली मोरङ सुनसरी सेवा समाजको नाममा यसअगाडी देखि नै संगठित भएपनि साउदी अरेवियामा भने पहिलो पटक संगठित भएको जनाईएको हो।

साउदी अरेवियामा मोसुको पहिलो अधिवेशनले पहिलो कमिटी चयन गरेको छ। मोसु, साउदी अरेवियाको प्रथम अधिवेशनबाट हेम सुवेदीको संयोजकत्वमा चयन भएको कार्यसमितिको उपाध्यक्षमा देश बहादुर खडका, मनोज धिमाल, पुरुषोत्तम दाहाल यसैगरी सचिवमा सुजनशेर राई, सहसचिव कर्णबहादुर बस्नेत र दीपक थापा अनि कोषाध्यक्षमा राज चेम्जोङ लिम्बू अनि सहकोषाध्यक्षमा सुरेन्द्र मोक्तान चयन भएका छन्।

सदस्यहरुमा कुबेर लिम्बु, किशन बिश्वकर्मा, बिशाल याख्या, युवराज गिरी, पुर्ण तामाङ, टिकाराम बस्नेत, देवेन्द्र विश्वकर्मा, कुमार आचार्य, लीला तामाङ रहेका छन्। प्रवासमा कार्यरत मोरङ र सुनसरीका बासिन्दाहरुले गठन गरेको सो संस्था प्रवासमा सकृय संस्था मध्येको एक हो।