काठमाण्डौ / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक शनिबार बस्दैछ। अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बस्न लागेको हो। बैठकमा सुशासनको सवालमा पार्टीभित्र देखिएको विचलनका साथै एमसीसी कार्यदलले बुझाएको प्रतिवेदनका विषयमा छलफल हुनेछ।

नवलपरासीमा आयोजित एक कार्यक्रममा नेकपा अध्यक्ष दाहालले भ्रष्टाचार नियन्त्रणलगायतका सवालमा पार्टीभित्र गम्भीर छलफल हुने जानकारी दिँदै यससहित एमसीसीको विषयमा पनि सचिवालय बैठकमा छलफल हुने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘भ्रष्टाचारसँग सम्बन्धित विषयमा अझ अनुसन्धान गहिर्‍याउनु पर्ने र दोषीलाई कारबाहीको कठघरासम्म पुर्‍याउनै पर्ने र एउटा नयाँ युगतिर देशलाई लैजानका निम्ति निकै कठोर कदम चाल्नैपर्ने आवश्यकताबारे बैठकमा बहस हुन्छ।’ निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटा करोडौँको कमिसनमा मुर्छिपनि नेकपाभित्र आर्थिक अनुशासनको विषयमा चर्को बहस शुरु भएको छ।

नेकपाले एमसीसीबारे अध्ययन गर्न गठन गरेको कार्यदलले शुक्रबार अध्यक्षद्वय केपी ओली र दाहाललाई आफ्नो प्रतिवेदन बुझाएको थियो।