इटहरी/ इटहरीको हाँसपोसामा सञ्चालित हाँसपोसा एकेडेमीले स्थापना तथा अभिभावक दिवस मनाएको छ। एकेडेमीले शुक्रबार एक कार्यक्रम गरेर १३ औं स्थापना तथा अभिभावक दिवस मनाएको हो।

बिद्यालय स्थापना तथा अभिभावक दिवसका अवसरमा अतिरिक्त क्रियाकलाप, बिविध साँस्कतिक कार्यक्रमसहित जातीय भेषभूषा एवं नेपाली मौलिक कला, सँस्कृति झल्काउने गरी बालबालिकालाई उपस्थित गराइएको थियो।

बिद्यालयले शैक्षिक उन्नयनसँगै नेपालको लोक सस्कृति जगेर्ना गर्ने उद्देश्यले बिविध कार्यक्रमलाई जोड दिँदै बालबालिकामा स्वास्थ्यका लागि शारिरीक अभ्यास हुने खेलकुदलगायतका कार्यक्रममा सहभागी भएका बिद्यार्थीहरुलाई शिल्ड, ट्रफी, मेडल तथा प्रमाणपत्रहरु प्रदान गरिएको थियो।

कार्यक्रममा बिद्यायलका कार्यकारी निर्देशक समरबहादुर कार्की तथा प्रमुख अतिथि इटही १का वडाअध्यक्ष निश्चल पोखरेलले बिद्यालयको अतिरिक्त क्रियाकलाप, शैक्षिक गतिविधि खेलकुद र अन्य सामाजिक क्षेत्रमा उत्कृष्ठ कार्य गर्ने विद्यार्थीहरुलाई पुरस्कार बितरण गर्नुभयो।

कार्यक्रममा बिद्यार्थीहरुद्धारा बिभिन्न गीत, सङ्गीत, कला, एवं नृत्य प्रस्तुतसहित बिद्यालयका बार्षिकोत्सव कार्यक्रमलाई रोचक बनाउने कार्यक्रमहरु देखाईएको थियो। कार्यक्रममा जनप्रतिनिधि तथा शैक्षिक तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरुले मन्तव्य राखेका थिए।

बिद्यालयका संस्थापक कार्कीले शैक्षिक क्षेत्रमा आफूले भोगेको दुःख र सास्ती आफु बसिरहेको क्षेत्र, टोल वा गाउँका बालबालिकामा नदिन दुःखका साथ खोलिएको बिद्यालय १३ औं स्थापना दिवससम्म आइपुग्नुले यहाँका अभिभावकहरु र विद्यालय परिवारबीचको गहिरो सम्बन्ध स्थापित भईसकेको बताउनुभयो।