एजेन्सी / पूर्वी चीनको सेन्डङ प्रान्तस्थित एक कारागारका दुई सय कैदीमा कोरोनाभाइरस संक्रमण देखिएको छ। सेन्डङ प्रान्तीय सरकारका अनुसार स्थानीय रेन्चेङ कारागारमा रहेका २ हजार ७७ कैदीको नमुना परीक्षण गरिएकामा दुई सय जनामा कोरोनाभाइरस संक्रमण पाइएको हो।

साथै सातजना कारागार सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण देखिएको साउथ चाइन मर्निङ पोस्टले जनाएको छ। सुरुमा त्यहाँका गार्डमा खोकी लाग्ने लगायत लक्षण देखिएका थिए। त्यसपछि सबैको परीक्षण गर्दा उल्लिखित संख्याका कैदी तथा जेलरमा कोरोना संक्रमण देखिएको समाचारमा उल्लेख छ।

कोरोनाका कारण अहिलेसम्म २ हजार २ सय ४७ जनाको ज्यान गइसकेको छ भने ७६ हजार ७ १६ मा कोरोना संक्रमण देखिएको छ। १८ हजार ४३८ जना भने उपचारपछि स्वस्थ भएको साउथ चाइन मर्निङ पोस्टले उल्लेख गरेको छ।