काठमाण्डौ / युइएफए युरोपा लिगमा म्यानचेस्टर युनाइटेड बेल्जियम क्लब ब्रुगसँग बराबरीमा रोकिएको छ। बेल्जियम क्लब ब्रुगको घरेलु मैदानमा भएको खेलमा युनाइटेड १-१ गोलको बराबरीमा रोकिएकाे हाे।

युनाइटेडले ब्रुगको एक गोलको अग्रता उल्ट्याएको हो। घरेलु टोली ब्रुगले खेलको १५ औं मिनेटमा अग्रता लिएको थियो। ब्रुगका लागि इमानुयल डेनिसले गोल गरेका थिए।

तर ३६ औं मिनेटमा युनाइटेडले खेल बराबरी गर्न सफल भएकाे थियाे। युटाइनेडका लागि एन्टोइन मार्टीयलले गोल गरे। त्यसपछि दुबै टिमबाट गोल हुन सकेन र खेल बराबरीमा सकियो।

अब यी दुई टिमको दोस्रो खेल युनाइटेडको घरेलु मैदानमा हुनेछ।