काठमाण्डौ / अमेरिकाको एक अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सल्लाहकार रोजर स्टाेनलाई ४० महिना जेल र २० हजार डलर जरिवानाको सजाय सुनाएको छ। 

गएको नोभेम्बरमा अमेरिकी संसदमा ७ पटकसम्म झूटो बोलेको, काममा बाधा पुर्‍याएको र विभिन्न महत्वपूर्ण विषयलाई गुमराहमा राखेको अभियोग पुष्टि गर्दै अदालतले स्टाेनलाई सजाय सुनाएको हो। 

सन् २०१६ मा भएको चुनावमा डोनाल्ड ट्रम्पलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका ६७ वर्षीय स्टाेनलाई गएको हप्ता राष्ट्रपति ट्रम्पले सल्लाहकारबाट हटाउनुभएको थियो। 

यसअघि पनि विभिन्न विवादमा मुछिँदा स्टाेनले ट्रम्पबाट छुट पाउँदै आएका थिए।